२०८१ जेष्ठ १५ गते मङ्गलवार

देशको सबै ठाउमा पानी पर्ने

काठमाडौं,माघ २३ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण नेपालको मौसममा बदलाब आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अधिकांस ठाउमा आंशिक बदली भएको छ ।

महाशाखाका अनुसार बिहानै पश्चिम नेपालका केही ठाउँमा सामान्य वर्षा भएको छ भने उच्च हिमाली क्षेत्रमा हिमपात बिहीबार रातिदेखि नै हिमपात भएको छ । पानी पर्नुका साथै हिमपात भए तापक्रम अत्यधिक कम हुनेछ ।

आज दिउँसो र रातिसम्म सुदूर पश्चिम, कर्णाली, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानमा र प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरुमा पनि हल्कादेखि मध्यम वर्षा हुने र हिमाली क्षेत्रमा हिमपात हुने महाशाखाले जनाएको छ ।

पानी पर्ने र हिमपात हुने क्रम शनिबार सम्म जारी रहने र आइतबारदेखि भने मौसम खुल्ने महाशाखाको पूर्वानुमान गरेको छ ।

प्रकाशित मिति : २०७७ माघ २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *