दाङ, मंसिर २७ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले ओभर स्पिडका कारण दुर्घना भएको बताएका छन् । विहीवार विहान साढे १ बजे लमही नगरपालिका वडा नं. ९ रिहार नजिकै जन्ती बोकेको स्र्कापियो र बस आपसमा ठोक्किदा दुलाहाका बाबु आमासहित ६ जनाको मृत्यु भएको थियो ।
त्यो दुर्घटनास्थलमा अनुसन्धान गर्दा ओभर स्पिडकै कारण घटना भएको प्रहरीले निस्कर्ष निकालेको छ । ‘स्कारपियो गलत लेनमा गएर ठोक्किएको छ, बस चालकको कुनै गल्ती नै देखिदैन,’ एसपी पाण्डेले भने ‘ सायद ओभर स्पिड भएको हुँदा स्कारपियो चालकले त्यो नियन्त्रणमा लिनै सकेन र दुर्घटना हुन पुग्यो ।’
चालक निदाएको हुन सक्ने अनुमान मात्रै गर्न सकिने बताएका एसपी पाण्डेले दुर्घटनाको मुख्य कारण ओभर स्पिड नै भएको दाबी गरे । ‘त्यति विहानै हुस्सु बाक्लो थिएन भन्ने अन्य यात्रुले बताएका छन्, त्यसैले दुर्घटनाको कारण ओभर स्पिड नै हो भन्ने निष्कर्षमा प्रहरी पुगेको छ,’ एसपी पाण्डेले भने । तर उनले दुई तीन दिनदेखि चालकले नियमित रुपमा स्कारपियो चलाउँदै आएको हुँदा थाकेको हुन सक्ने वा अनिदो पनि हुन सक्ने कुरा भने नकार्न नमिल्ने धारणा राखे । चालक पनि गम्भीर अवस्थामा उपचाररत रहेको हुँदा दुर्घटनाको कारण बारे सोधपुछ गर्न प्रहरीले नपाएको उनले बताए ।
यो पनि पढ़नुहोस
स्कारपियो र बस ठोकिदा ६ जना को मृत्यु