प्रिया स्मृती गजमेर
देउखुरी, २७ मंसिर ।
रिहारमा बस र स्कारपियो ठोक्किदा ६ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका वडा नम्बर ९ रिहारस्थित प्रहरी चौकीदेखि पश्चिमतर्फ महेन्द्रनगरदेखि काठमाडौँतर्फ जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस र चितवनदेखि नेपालगञ्जतर्फ जाँदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो एकआपसमा ठोक्किदा ६ जनाको मृत्युु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।
मृत्यु हुनेहरूमा बाँके राप्ती सोनारी गाउँपालिका ८ शम्शेरगञ्ज बस्ने बर्ष ४९ का विश्वनाथ अधिकारी, सोही ठाउँका बर्ष ५ प्रविण केसी, बर्ष ५३ का मानबहादुर केसीको लमहीस्थित फ्लोरेन्स अस्पतालमा उपचारका क्रममा मृत्यु हो ।
यस्तै सोहि गाउँपालिका–८ का बर्ष ४९ कि बिमला खत्री, बर्ष ३१ दिपक कुमार खड्का र कोहलपुर नगरपालिका १२ का बर्ष ७८ का दत्त बहादुर खत्रीको लमही अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेमा दुलाहाका बुवा मान बहादुर केसी, आमा बिमला खत्री र भतिज प्रविण केसी रहेका सोही ठाउँमा खेमराज गौतमले बताएका छन् ।
दुर्घटनामा परि राप्ती सोनारी–८ की वर्ष ४५ कि गीतादेवी खत्री र चालक यमबहादुर बुढा घाइते भएका छन् । घाईते दुबैलाई नेपालगञ्ज कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको फ्लोरेन्स अस्पताल लमहीका प्रमुख डा.पुष्प भुसालले बताएकी छन् । मृत्यु भएको सबैको शव पोष्टमाटमका लागि लमही अस्पतालमा राखिएको छ ।