२०८१ भाद्र २६ गते बुधवार

अझै तीन दिन मौसम बद्ली

तस्बिर : राजेश खत्री

माघ १० । देशभर मौसम बद्ली भए पनि तत्काल पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। । झण्डै एक हप्ता अघिदेखि नै देशका धेरै ठाउँ बादल र कुहिरोले ढाके पनि पानी भने पर्न सकेको छैन । अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । यो वर्ष हिउँदे पानी पर्न ढिला भएको छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशसहितका देशभरका धेरै ठाउँहरुमा कुहिरोले ढाकेको छ । तराईका जिल्लाहरुमा भने बाक्लो हुस्सु र कुहिरो लागेको छ । आउँदो तीन दिनसम्म नै मौसम यस्तै नै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

पर्सि सोमबारसम्म नै देशका धेरै ठाउँमा बादल लाग्नेछ भने तराईका जिल्लाहरु हुस्स कुहिरोले ढाक्ने महाशाखाले जनाएको छ । महाशाखाले तराईका धेरैजसो ठाउँहरुमा बाक्लो हुस्सु् र कुहिरो लाग्ने हुँदा चिसोबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७ माघ १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *