तुलसीपुर, पुस २४ । नेपाली काँग्रेसले शनिवार तुलसीपुरमा गर्न लागेको विरोध सभालाई काँग्रेस केन्द्रीय सदस्य दीपक गिरीले सम्वोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते हठत रुपमा प्रतिनिधिसभा विघटन गरेपछि त्यसलाई असंबैधानिक कदम भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विरोध पर्दशन गर्दै आएको छ ।
‘ओलीको संवैधानिक कू नसच्चिएसम्म काँग्रेसले आँन्दोलन जारी राख्छ,’ फरककोणसंग पूर्व मन्त्री समेत रहेका गिरीले भने ‘ ओलीको कदम अधिनायकबाद उन्मुख रहेको हुँदा त्यसको करेक्सन अति आवश्यक छ।’
ओलीको कदमले लोकतन्त्र नै धरापमा पर्ने संभावना आएको हुँदा सबै लोकतन्त्रबादी शक्तिहरु एक भएर लामो संघर्षबाट प्राप्त उपलब्धि रक्षाको लागि आन्दोलनको बलबाट त्यो सच्याउन आवश्यक रहेको नेता गिरीले बताए ।
ओली आफू पार्टी भित्रै चरम अल्पमतमा परेपछि र सत्ता गुम्न थालेपछि भयबित भएर लोकतन्त्र माथि नै धावा बोलकोे नेता गिरीले बताए ।
‘ओलीको कदम तानाशाही छ,’ नेता गिरीले भने ‘राजा महेन्द्रमा जस्तै महत्वाकाँक्षा देखिएको हुँदा प्रधानमन्त्रीको भोलिको अवस्था तत्कालिन राजाको भन्दा अर्को हुनेवाला छैन ।’
उनले कम्युनिष्टहरुले गत चुनावमा जनतालाई सस्ता र गुलिया नारामा भुलाएर, झुक्याएर मत मागेपनि अहिले उनीहरुको चरित्र उदांगो भएको तर्क गरे ।
नेपाली काँग्रेस क्षेत्र नं. ३ (क) ले आयोजना गर्ने शनिवारको विरोध सभा क्षेत्रीय पार्टी कार्यालय तुलसीपुरबाट ¥यालीसहित सुरु हुने छ ।
पार्टी कार्यालयबाट नाराबाजी सहित सुरु हुने ¥यालीले बजारको परिकर्मा पछि तुलसीपुरको बीपी चोकमा आएर सभामा परिणत हुने प्रदेश क्षेत्रीय सभापति घनश्याम ढकालले जानकारी दिए ।
उनले शनिवार तुलसीपुरमा आयोजना गरिएको बिरोध कार्यक्रमा सहभागी हुन र ओलीको गलत कदमको विरुद्धमा उत्रिन सबै लोकतान्त्रिक शक्तिहरुलाई फरककोण मार्फत आह्वान समेत गरेका छन् ।