तुलसीपुर, पुस २३ ।नेपाली काँग्रेसस दाङ क्षेत्र नम्बर ३ (ख) ले शनिवार गर्ने प्रदेश क्षेत्र स्तरीय बिरोध कार्यक्रम बारे बिहीवार श्रीगाउँमा छलफल गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलाीले असंबैधानिक रुपमा संसद विघटनको बिरोधमा बिरोध तथा पर्दशन गर्दै आएको काँग्रेसले पुस २५ गते देशै भर पर्दशनको तयारी गरेको छ ।
त्यही तयारी स्वरुप श्रीगाउँस्थित पार्टी सम्पर्क कार्यालयमा उस्ले आन्दोलनको पूर्ब तयारी बारे छलफल गरेको हो । बैठकले प्रदेश क्षेत्र अन्तर्गत सबै वडावाट क्रियासिल सदस्यहरुलाई उक्त बिरोध कार्यक्रममा अनिवार्य उपस्थितिका लागि आग्रह समेत गरेको छ ।
प्रदेश क्षेत्रीय सभापति खिमबहादुर वलीको अध्यक्षता र संविधान सभा सदस्य बुद्धिराम भण्डारीको प्रमुख आतिथ्यमा श्रीगाउँमा बिरोध पर्दशनको तयारी बारे छलफल भएको हो ।
कार्यक्रमलाई क्षेत्रिय सभापति जगतबहादुर खड्का, नेताहरु केशव आचार्य, महादेब शाह, खिमप्रसाद खराल, जिल्ला सदस्य एबम तुलसीपुर २ का वडा अध्यक्ष राजु आचार्य, शान्तिनगर २ का वडा अध्यक्ष फर्साराम डाँगी, महाधिवेशन प्रतिनिधि फल्कुदत्त भण्डारी, क्षेत्र नम्बर ३ का उपसभापति प्रमोद बस्नेत, युबा नेता सुबोध डाँगी, शान्तिनगर सभापति बुद्धिराम तिवारी लगायतले बिरोध पर्दशन सशक्त बनाउने बारे आफ्ना धारणा राखेका थिए ।कार्यक्रमको सहजीकरण क्षेत्रिय सचिब चुडामणि ढकालले गरेका हुन ।