तुलसीपुर,मंसिर २८ । नेपाल पत्रकार महासघं दाङका केन्द्रीय पार्षद एबम् नेपाल प्रेस युनियनका केन्द्रिय पार्षद नारायणी रजौरेका श्रीमान स्वर्गीय हरिप्रसाद अधिकारीको १३ औँ दिनको पुण्य तिथिका अवसरमा अ ाइतवार अधिकारी निवास तुलसीपुरमा श्रद्धान्जली सभा सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासघं,नेपाल प्रेस युनियन र प्रेस संगठन दाङको सयुक्त आयोजनामा तुलसीपुर उपमहानगरपालिका वडा नं ६ रजौरामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले स्वर्गीय अधिकारीको व्यक्तीत्व बारेमा चर्चा गरेका थिए ।
नेपाल पत्रकार महासघं दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षता एवं नेपाल पत्रकार महासघं दाङका सल्लाहाकार सुदिप गौतमको आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै गौतमले शोकलाई शक्तीमा बदलेर अगाडी बढ्न अनुरोध गरे ।
उनले दाङको पत्रकारिताको क्षेत्रमा स्वर्गीय अधिकारी साथै श्रीमती नारायणी रजौरेको महत्वपुर्ण योगदान रहेको स्मरण गरे ।
कार्यक्रममा प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदी,प्रेस संगठनका राकेश बस्नेत लगाएतले शोक मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा स्वर्गीय अधिकारीको बारेमा दाई घनश्याम अधिकारीले प्रकाश पारेका थिए । भने धन्यावाद ज्ञापन अधिकारीका धर्मपत्नी नारायणी रजौरेले गरेकी थिइन ।
श्रद्धान्जली कार्यक्रमको सहजीकरण महासघं सह–सचिव सर्मिला डिसीले गरेकी थिइन ।
स्वर्गीय अधिकारीको मंसिर १६ गते ५२ वर्षको उमेरमा असामयीक निधन भएको थियो ।
यसैबिच स्वर्गीय अधिकारीको स्मृतीमा स्वास्थ्य क्षेत्रमा कलम चलाउने १ जना पत्रकारलाई पुरस्कृत गर्न परिवारको तर्फबाट नेपाल पत्रकार महासघं दाङमा रु ५१ हजारको अक्षयकोष स्थापना गर्ने श्रीमती नारायणी रजौरेले घोषणा गरिन ।