२०८१ असोज ४ गते शुक्रवार

बलात्कार घटनामा मिलापत्र गराउने ६ जना पक्राउ

विराटनगर,मंसिर २६ । मोरङको धनपालनाथ गाउँपालिकामा बलात्कारको घटना मिलापत्र गराएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

धनपालथान गाउँपालिका– ५ कि २१ वर्षीया युवतीमाथि भएको बलात्कारको घटना ५ लाख रुपैयाँ लेनदेनमा मिलापत्र गराएको आरोपमा ६ जनालाई पक्राउ गरेको हो ।

तर मिलापत्र गराउन मुख्य भूमिका खेलेका जनप्रतिनिधिलाई भने प्रहरीले पक्राउ गरेको छैन । स्थानीयका अनुसार मिलापत्र गराउन भूमिका खेल्ने जनप्रतिनिधि गाउँ आसपासमै छन् ।

भदौ २४ गते बेलबारी नगरपालिका– ८ का सुरेशकुमार खवासले धानबालीमा युरिया हाल्न सँगै लगी युवतीलाई बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

घटनाको भोलिपल्ट बसेको स्थानीय भद्रभलादमीको भेलाले पीडित पक्षलाई ५ लाख रुपैयाँ दिने गरी मिलापत्र गरेको थियो ।

तर मिलापत्र अनुसार रकम नपाएपछि पीडित पक्षले २४ असोजमा प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए ।

प्रहरीले बुधबार बलात्कारमा संलग्नको आरोप लागेका युवकलाई पक्राउ गरेको छ । मिलापत्र गराएको आरोपमा बिहीबार धनपालथान गाउँपालिका– ५ का ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधारसिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका– १ का ६७ वर्षीय जगतनारायण खवास र बेलबारी नगरपालिका – ८ का ५३ वर्षीय मथालु खवास पक्राउ परेका छन् ।

धनपालथान गाउँपालिका –५ कि वडा सदस्य नेपालदेवी खवास र बेलबारी नगरपालिका– ८ का वडा सदस्य प्रवीणकुमार खवास पनि मिलापत्र गराउने भेलामा सहभागी रहेको एक स्थानीय बताउँछन् ।

पीडित युवती धनपालथान– ५ कि वडा सदस्य खवासको घरमा बस्थिन् भने आरोपी युवक वडा सदस्य प्रवीणको बुहारीका भाइ हुन् ।

प्रकाशित मिति : २०७७ मङ्सिर २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *