काठमाडौं, मंसिर २६ । बझाङमा बिहीवार केलुका बसको ठक्करबाट दूई बर्षीया बालिकाको मृत्यु भएको छ।
बित्थडचिर गाउँपालिका–९ सुनकुडाबाट महेन्द्रनगर तर्फ जाँदै गरेको ना ६ ख १७९५ नम्बरको बसले ठक्कर दिंदा सोही ठाउँकी २ वर्षीया बालिका दीपिका बिष्ट गम्भीर घाइते भएकी थिइन ।
घाइते बालिकाको उपचारका लागि स्वास्थ्य चौकी लैजादैं गर्दा राति बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चालक र बस प्रहरी नियन्त्रणमा छन् ।
प्रकाशित मिति : २०७७ मङ्सिर २६ गते शुक्रवार