दाङ, मंसिर २३ । ७ बर्षीया बालिकालाई बलात्कार गरि फरार रहेका एक व्यक्तिलाई बाँके प्रहरीले ११ बर्षपछि पक्राउ गरेको छ ।
बाँकेको साविक लक्ष्मणपुर गाविस वडा नं. १ र हाल नरैनापुर गाउँपालिका वडा नं. २ का ३४ बर्षीय हेमन्तकुमार शर्मालाई प्रहरीले सोमवार पक्राउ गरेको हो ।
बाँके जिल्ला अदालतले २०६८ साल असार ३१ गते शर्मालाई दोषी ठहर गर्दै १० बर्ष कैदको फैसला सुनाएको थियो ।
त्यसपछि शर्मा फरार रहँदै आएका थिए ।
शर्माले २०६६ साल कात्तिक २७ गते राति साविक कालाफाँटा गाविस वडा नं. ३ र हाल नरैनापुर गाउँपािलका वडा नं. ३ की एक ७ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेपछि फरार रहँदै आएको बाँकेका प्रमुख एसपी ओम रानाले बताए ।
इलाका प्रहरी कार्यालय भगवानपुरवाट खटिएको प्रहरीले प्रहरी टोलीले सोमवार शर्मालाई पक्राउ गरेको थियो ।
प्रकाशित मिति : २०७७ मङ्सिर २३ गते मङ्गलवार