दाङ,मंसिर २२ । कोरोना भाइरसका कारण बर्दिया र कञ्चनपुरका एक÷एक जना पुरुषको सोमबार बाँकेमा मृत्यु भएको छ । बर्दियाका ७२ बर्षीय पुरुष र कञ्चनपुरका ७३ बर्षीय पुरुषको सोमवार बिहान उपचारका क्रममा मृत्यु भएको छ ।
बर्दियाको गेरुवा गाउँपालिका वडा नं. ५ का पुरुषको भेरी अस्पताल नेपालगञ्जमा सोमबार बिहान १ ः ११ बजे मृत्यु भएको बाँके जिल्लाका कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका सूचना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनलाई मंसिर १४ गते कोरोना संक्रमन पुष्टि भएको थियो । यो संगै बर्दियाका १५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
त्यस्तै कञ्चुरको शुक्लाफाँटा – ४ का ७३ बर्षीय पुरुषको सोमवार विहान उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ । उनको उपचारको क्रममा बिहान १ः४५ बजे मृत्यु भएको थियो ।
सेती अस्पतालमा स्वाग परीक्षणका क्रममा उनलाई मंसिर १३ गते संक्रमन पुष्टि भएको थियो । उनको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि मंसिर १५ गते कोहलपुरमा भर्ना गरिएको थियो ।
योसँगै बाहिर जिल्लाबाट बाँकेमा उपचारका लागि लगिएका ६४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै बाँके जिल्लाका थप ३९ जनाको मृत्यु भएको छ । बाँके जिल्लाका कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका सूचना स्रोत व्यक्ति तेज वलीका अनुसार सोमबार विहानसम्म बाँकेमा उपचारका क्रममा हालसम्म १ सय ३ जनाको मृत्यु भइसकेको छ ।