तुलसीपुर, मंसिर १९ । दाङ तुलसीपुरका कोरोना संक्रमित दूई व्यक्तिको उपचारका क्रममा बाँकेमा मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं। ११ कटाँहा निवासी ४५ बर्षीय पुरुषको गएराति ९ बजेतिर भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ ।
उनी मंसिर ८ गते अस्पताल भर्ना भएका थिए ।
त्यस्तै तुलसीपुर ५ का ८१ बर्षीय अर्का एक पुरुषको कोहलपुर मेडिकल कलेजमा गएराति पौने ११ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।
उनी मंसिर १३ गते अस्पताल भर्ना भएका थिए ।
प्रकाशित मिति : २०७७ मङ्सिर १९ गते शुक्रवार