२०८१ बैशाख ७ गते शुक्रवार

पौडेल माथी भएको दुव्र्यवहार विरुद्ध तरुण दल र नेविसघंले गरे तुलसीपुरमा प्रर्दशन

                                                                                     तस्विर ः टिका घर्तिको फेसबुकबाट

तुलसीपुर,मंसिर १८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुव्र्यवहारको बिरोध गर्दै नेपाल तरूण दल दाङ र नेपाल विद्यार्थी सघं दाङले बिहिवार तुलसीपुरमा प्रदर्शन गरेका छन ।

अरनीको मैदान देखि सुरु भएको बिरोध ¥याली बजारका विभिन्न चोक–चोकमा परिक्रमा गरि विपी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता केशव आचार्य,नेपाल तरुण दल दाङका अध्यक्ष टिका घर्ति,नेविसघंका नेता अनिल कार्की लगाएतले कम्युनिष्ट नालायक सरकारले वरिष्ठ नेता पौडेललाई गिरफ्तार गर्नु सर्वसत्तावाद भएको बताएका थिए ।

उनीहरुले अधिनायकवाद सरकारको घोर भर्त्सना समेत गरे ।

बिरोध प्रद्र्धशनमा कम्युनिष्ट सरकार मुर्दावाद,नालायक सरकार मुर्दावाद,प्रहरी दमन बन्द गर,दोषी माथी कारवाही गर भन्ने जस्ता नाराहरु लगाएका थिए ।

वरिष्ठ नेता पौडेल माथी बुधवार तनहुँमा पुल उद्घाटन गर्नुअघि नेकपा कार्यकर्ताले विरोध गरेका थिए ।

 

प्रकाशित मिति : २०७७ मङ्सिर १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *