काठमाडौं, १७ मंसिर । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा २ रुपैयाँका दरले घटाएको छ ।
हवाई इन्धन तथा खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ । नयाँ मुल्यअनुसार अब पेट्रोल प्रति लिटर १ सय १२ रुपैयाँ भएको छ भने डिजेल तथा मट्टितेल प्रति लिटर ९९ रुपैयाँ भएको छ । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य यथावत राखेको छ ।
समायोजन भएको नयाँ मूल्य सोमबार राति १२ बजेपछि लागू हुने आयल निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा कमी आएकोले नयाँ मूल्य कायम गरिएको निगमले जनाएको छ ।
प्रकाशित मिति : २०७५ मङ्सिर १७ गते सोमवार