२०८१ बैशाख ८ गते शनिवार

खड्गप्रशाद ओली ‘फ्लप भइसके’ – दीपक गिरी

दाङ, मङ्सिर १५। नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले प्रधानमन्त्री खड्गप्रशाद ओली फ्लप भइसकेको बताएका छन् । पूर्व मन्त्री समेत रहेका गिरीले प्रधानमन्त्री ओली निराश बनिसकेको दाबी गरे । ‘ओली नेतृत्वको बहुमतको सरकार फ्लप भइसकेको छ, अब यो सरकार बाट कुनै कुराको आशा गर्नु बेकार हो।’ नेता गिरीले भने ।

प्रधानमन्त्रीले आफ्नो तस्विर टाँसेर नयाँ युगको सुरुवात भयो भन्ने तर्क गर्नुले जग हसाँएको उनले बताए । नेता गिरीले ओली सरकारले ओली सरकारले समाजका शान्ति सुरक्षा कायम गर्न नसकेको, निर्मलाको हत्यारालाई संरक्षण गरेको, सुन काण्ड भित्रका ठूला माछेलाई जोगाएको, जनताको ढाड सेकिने गरि चर्कौ कुर असुली गरेको भन्दै आलोचना गरेका थिए । ‘ कुनै काम गर्नु नपर्ने,तर झुट्टा गफको ढोङले सत्ता संचालन गर्न खोज्ने प्रवृतिको काँग्रेस खिलापमा उत्रने छ,’ नेता गिरीले भने । काँग्रेस केन्द्रीय समितिको बैठकमा पदाधिकारी थप्नु पर्छ र थप्नु हुन्न भन्ने विषयमा विवादहरु रहेतापनि त्यो कुरा छलफल बाट टुङ्गो लाग्ने उनको तर्क थियो । गत निर्वाचनमा काँग्रेसले नै काँग्रेसलाई असहयोग गरेको हुँदा पार्टीले निर्वाचन हारेको तर्क गरेका नेता गिरीले अब नेता कार्यकर्ताको बीचमा बास्तविक एकताको खाँचो आवश्यक परेको बताए ।

कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व सांसद गेहेन्द्र गिरीले पार्टीमा गुट उपगुट नरहेको बताए । ‘यता झगडा गरेर उता गएर चुकली लगाउने र उता झगडा गरेर यता आएर चुकली लगाउनेहरु अब सच्चिन आवश्यक छ ।’ गिरीले भने । उनले स्वर्गीय नेता खुमबहादुर खड्का संगै प्रजातन्त्रको लडाइएको लागि बम र हतियार बोकेर संगै आएको स्मरण गर्दै अबको पुस्ताले पुरानो पुस्ताको योगदान विर्सन नहुने धारणा राखेका थिए ।

प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका अध्यक्ष जनक खरालको अध्यक्षतामा भएको अधिवेशनलाई दाङ जिल्ला सभापति कीर्तिबहादुर खड्का, पूर्व सांदस बुद्धिराम भण्डारी, प्रदेशसभा सांसद डिल्लीबहादुर चौधरी, पूर्व जिल्ला सभापति द्धय घनश्याम रेग्मी, विरकेश्वरी गौतम, क्षेत्र नं. ४ का सभापति जगतबहादुर खड्का, नेताहरु तेजबहादुर बस्नेत, पदमबहादुर थापा, नेपाल तरुण दल दाङका अध्यक्ष टिका घर्ती, महिला नेतृ देविका नेपाली, नेता यमप्रशाद पाण्डे, जनआन्दोलनका घाइते कृष्ण गिरी,सल्यान जिल्लाका पूर्व सभापति धुर्वराज पुरी, बालिका सम्साल लगाएतले सम्वोधन गरेका थिए । उनीहरुले सबैले अब गुट उपगुटको अन्त्य गर्दै पार्टी सामुहिक नेतृत्वमा जानुपर्ने बताएका थिए । कार्यक्रमको सहजीकरण नेत्रबहादुर वलीले गरेका थिए ।

प्रकाशित मिति : २०७५ मङ्सिर १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *