दाङ, मङ्सिर १५ । आज १ डिसेम्बर अर्थात विश्व एड्स दिबस नेपालमा पनि बिभिन्न कार्यक्रम गरेर मनाइदैछ । एड्सको प्रभावकारी रोकथाम,तथा उपचार सेवा सम्बन्धी जनचेतना जगाउने उद्देश्यले सन् १९८८ देखि विश्व एड्स दिवस मनाउन थालिएको हो।
आज दाङको तुलसीपुरमा पनि बिहानै एड्स दिवसको दिन सचेतनामुलक र्याली निकालिएको छ । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा सचेतनामुलक र्याली निकालिएको हो। र्यालीले तुलसीपुर बजार परिक्रमा गरेरको थियो । र्यालीका सहभागीहरुले एच. आइ. भी. को जांच गराऔ, आफ्नो अवस्था थाहा पाऔं, विश्व एड्स दिवस, STOP AIDS, WORLD AIDS DAY-2018 लेखिएका प्लेकार्ड बोकेका थिए । र्यालीमा दाङ टेक्निकल इन्सिच्युट,राप्ती लाइफ केयर लगाएतका संघ सस्थाहरुको सहभागिता रहेको थियो। फोटो: राजेश खत्री
हेर्नुहोस फोटोफिचर
प्रकाशित मिति : २०७५ मङ्सिर १५ गते शनिवार