असार २६ । तुलसीपुरको घोराही रोडको बीचमा रहेको डिभाइडरमा बृक्षारोपन गरिएको छ। तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा वृक्ष रोपन गरिएको हो । जिल्ला वन डिभिजन कार्यालय दाङको सहयोगमा तुलसीपुरको फोरलेन सडकको बीचमा रहेको डिभाइडरमा वृक्ष रोपन गरिएको हो । यो सडकमा करिब ३०० विरुवा रोपिने बताइएको छ ।
प्रदेश सरकारको समन्वयमा सडक सौन्दर्यकरण कार्यक्रम अन्तर्गत सडकलाइ हरियाली बनाउने र सडकलाइ सुहाउदो बिरुवा रोपिएको मेयर घनश्याम पाण्डेले बताए साथै सडकको बिचमा बत्ति जडान प्रक्रिया पनि अघि बढेको बताएका छन । वृक्ष रोपन कार्यक्रममा विभिन्न संघ सस्थाले वृक्ष रोपन गरेका थिए ।
हेर्नुहोस फोटो फिचर