
असार १५ । आज असार १५ अर्थात् धान दिवस। मानो रोपेर मुरी फलाउने दिन आज खेतमा धानको बेर्ना रोपेर दही च्यूरा खाएर मनाइँदैछ । नेपाल कृषि प्रधान देश भएकाले अधिकांश मानिसको पेशा खेतीपाती हो ।किसान वर्षभरका लागि छाक जुटाउन यो असार साउन महिना खेतीमा व्यस्त हुन्छन् । यो वर्ष समयमा नै पानी परेको हुँदा अहिले किसानहरु प्राय आफ्नो खेतमा देख्न सकिन्छ। दाङमा पनि आज बिभिन्न ठाउमा रोपाइँ कार्यक्रम गरेर धान दिवस मनाइएको छ। हेर्नुहोस फोटोमा आज तुलसीपुरको बिजौरीमा खेतीपातीमा व्यस्त किसानहरु…













