
दाङ, साउन २३ । तुलसीपुर नगर जेसिजले विहीवार साईबर क्राईमका बारेमा विद्यार्थीलाई प्रशिक्षण दिएको छ । तुलसीपुरस्थित होटेल वस्टर्न प्यालेसमा तुलसीपुर क्षेत्रका विभिन्न कलेजहरुमा अध्यनरत विद्यार्थीलाई भेला गराएर साईक्रम बारे प्रशिक्षण दिएको हो । उच्च सरकारी अदालत तुलसीपुरका उपमहान्यायधिबक्ता बासुदेव शर्मा र प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवराज पोखरेलले र्साइक्रमका बारेमा प्रशिक्षण दिएका हुन ।
उनीहरुले कुनैपनि ब्यक्तिले जानाजान ईन्टरनेटको प्रयोग वाट अर्काको चरित्र हत्या गर्ने कुचेष्टा गर्नु, समाजमा हिंसा फैलाउने गतिविधि गर्नु, यौनजन्य हिंसा गर्नु, अर्काको पहिचान अनाधिकृत रुपमा प्रयोग गर्नु, क्रिडिट कार्ड वा एकाउन्ट आदीको चोरी गरि बैंकिङ कसुर गर्नु, कम्प्युटर, विद्युतिय उपकरण तथा नेटवर्कमा पुर्र्याइने क्षतिलाई साईक्रम क्राईम भएको अवगत गराएका थिए । अधिकाँस कक्षा ११ र १२ मा अध्यनत टिन एजर्स विद्यार्थीलाई प्रशिक्षकल भूलेर पनि उल्लेखित कामहरु नगर्न सचेत तुल्याउँदै त्यसो गरे कानुनी कारवाहीको भागिदार हुनुपर्ने सचेत तुल्याएका थिए । उनीहरुले सामाजिक सञ्जालको सही प्रयोग र उपयोगितावारे विद्यार्थीलाई प्रशिक्षण दिएका हुन ।
तुलसीपुर नगरजेसिजका अध्यक्ष मेघराज घिमिरेको अध्यक्षता र उच्च वार यसोसिएसन तुलसीपुरका अध्यक्ष विजय पौडेलेको प्रमुख आथित्यमा कार्यक्रम भएको हो । कार्यक्रम संयोजक जेसी शालिकराम वलीले स्वागत मनतव्य राख्दै समाजमा विभिन्न सचेतना र सुधारका कामहरु गर्दै आएको नगर जेसिजले भविस्यमा पनि आवयक्ता अनुसार जनहितमा जारी कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता जाहेर गरेका थिए । कार्यक्रमको सहजीकरण तुलसीपुर नगरजेसिजका महासचिव जेसी मोहन सुनारले गरेका थिए ।