२०८२ माघ २५ गते आइतवार

सितोरियो कराते ब्ल्याक बेल्ट ग्रेडिङ सुरु

लक्ष्मण बस्नेत,दाङ,असार १६ । नेपाल सितोरियो कराते लुम्बिनी प्रदेश स्तरिय ब्ल्याकबेल्ट ग्रेडिङ तथा दिक्षान्त कार्यक्रम बुधबार देखि दाङको तुलसीपुरमा सुरु भएको छ ।

नेपाल सितोरियो करातेको वार्षिक कार्यक्रम अनुसार दाङ जिल्ला कराते संघको आयोजनामा संचालित कार्यक्रमको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधारीले गरेकी हुन ।

उद्घाटन समारोह लाई सम्बोधन गर्दै उपमेयर चौधरीले स्वस्थ,अनुशासित र समाजका लागि नैतिक जिम्मेवार नागरिक तयार गर्ने थलो खेलकुद भएको बताइन ।

रास्ट्रका लागि एउटा अनुशासित र स्वस्थ नागरिक उत्पादन गर्ने क्षेत्र खेलकुद नै यसर्थ यसको महत्त्वलाई सबैले बुझ्नुपर्ने समय आएको उनले बताइन ।

साथै उनले मानव स्वास्थ्य,आत्मरक्षा र अनुसासनको मुख्य मेरुदण्ड कराते खेलको उच्च आदर्शलाई सबैले आत्मसात गर्नुपर्ने समेत बताइन ।

दाङ जिल्ला कराते संघका अध्यक्ष पदम बहादुर बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधारीको प्रमुख आतिथ्यता एवं लुम्बिनी प्रदेश खेलकुदका सदस्य टेकबहादुर बिक र दाङ जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख पद्मा चौधरीको बिशिस्ट आतिथ्यमा भएको थियो ।

सो अबसरमा दाङ जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख पद्मा चौधरी,नेपाल सितोरियो कराते कर्णाली प्रदेश प्रमुख प्रशिक्षक प्रदिप कुमार राई, दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेत लगाएतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

संघका सदस्य देउचन केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन संघका सचिब मोहलाल थापाले गरेका थिए ।

पाँच दिनसम्म संचालन हुने करातेको ग्रेडिङ तथा दिक्षान्त कार्यक्रममा ब्ल्याकबेल्ट सोडान फस्ट डान,सेकेन्ड डान र थर्डडानको प्रमाणपत्र लिन समय पुगेका लुम्बिनी प्रदेशका १२ जिल्लाका झण्डै एक सय पचास सिनिएर खेलाडीको सहभागीता रहेको छ ।

कार्यक्रमको प्रशिक्षकमा नेपाल सितोरियो कराते लुम्बिनी प्रदेश प्रमुख प्रशिक्षक बलराज नेपाली र नेपाल सितोरियो कराते कर्णाली प्रदेश प्रमुख प्रशिक्षक प्रदिप कुमार राई रहेका छन ।

प्रकाशित मिति : २०७९ असार १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *