कोठमाण्डौं, जेठ १४ । नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरिएको छ ।
शनिबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले अमेरिकामा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिगटु अन्तर्गतको त्रिदेशीय एकदिवसीय सिरिज खेल्न जाने नेपाली क्रिकेट टोलीलाई बिदाई गरेका हुन ।
नेपाल क्रिकेट संघ ९क्यान० ले शनिबार काठमाण्डौंमा आयोजना गरेको बिदाई कार्यक्रममा खेलाडीलाई बिदाई गर्दै मन्त्री अथकले सफलताको शुभकामना दिए ।
नेपाली टोली अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको क्यानका अध्यक्ष चतुरबहादुर चन्द लगायतले जानकारी दिए । सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिष्पर्धा हुनेछ ।
जसका लागि सन्दिप लामिछानेको कप्तानीमा १५ सदस्सीय नेपाली क्रिकेट टोली अमेरिकाको टेक्सस जान लागेको हो ।
प्रकाशित मिति : २०७९ जेष्ठ १५ गते आइतवार