काठमाडौं,जेठ ९ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गैर आवासीय नेपाली संघ एनआरएनए स्पोर्टसले खेलाडी दर्ताको समय थप गरेको छ ।
जेठ २२–२८ गतेसम्म आयोजना गर्ने गरि मन्त्रिपरिषद्ले निर्णय गरे पनि पछिल्लो समय तयारी पूरा नहुने अवस्थाका कारण प्रतियोगिता केही पर धकेलिने खबरहरु पनि सार्वजनिक भइरहेका छन् । तर, राष्ट्रिय खेलकुद परिषद् राखेपबाट औपचारिक जानकारी नआएको एनआरएनए स्पोर्टसले आफ्नो तयारी तीब्र गतिमा अघि बढाइरहेको एनआरएनएका कार्यबहाक सदस्य सचिव धर्मराज गिरीले जानकारी दिए ।
एनआरएनएले पहिलो पटक आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएको भन्दा यस पटक धेरै खेलमा सहभागीता जनाउँदै छ । १८ खेलमा सहभागीता जनाउने गरि विभिन्न देशका एनसीसीहरुलाई खेलाडी दर्ताका लागि आह्वान गरिएको थियो ।
अहिले धेरै एनसीसीहरुले खेलाडी दर्ताको काम गरिरहेको बताउँदै केही खेलाडीहरु छुटेको कुरा आए पछि आगामी मे ३१ तारिखसम्म खेलाडी दर्ता गराउन आह्वान गरिएको कार्यबहाक सदस्य सचिव गिरीले बताए ।