२०८१ बैशाख ७ गते शुक्रवार

राष्ट्रिय महिला लिग फुटबलमा आज दुईवटा खेल हुँदै

काठमाण्डौ,फागुन ५ । राष्ट्रिय महिला लिग फुटबलमा आज दुईवटा खेल हुँदैछन् ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा दिउँसो १२ खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी तथा दिउँसो तीन बजे एपीएफ र विराटनगर महानगरपालीका खेल्दैछन् ।

उपाधि नजिक पुगेको विभागीय टीम एपीएफकी सावित्रा भण्डारी भने बजे हुने चोटका कारण खेल्न नसक्ने भएकी छन् ।

अंकतालिकाको शीर्ष स्थानमा रहेको एपीएफले १० खेलमा ३० अङ्क जोडेको छ । एपीएफले एक खेल जिते मात्रै उपाधि जित्नेछ ।

१० खेलमा २५ अङ्क जोडेको आर्मी लिगको दोस्रो स्थानमा छ ।

आर्मीले पुलिसको खेलमा हार बेहोरे वा बराबरी खेले पनि एपीएफले उपाधि जित्नेछ ।

 

प्रकाशित मिति : २०७७ फाल्गुन ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *