पुष ४ ।
नेपाली फिल्म ‘लभ स्टेशन’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । यो फिल्म चैत्रको १ गतेबाट रिलिज हुने भएको छ । उज्ज्वल घिमिरेले निर्देशन गरेको फिल्म ‘लभ स्टेशन’ मा नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको मुख्य भूमिका छ ।
दार्जिलिङमा छायांकन गरिएको फिल्मलाइ गोविन्द शाहीले निर्माण गरेका हुन् । फिल्मले कुनै एक स्थानलाई लभ प्वाइन्टको रुपमा ब्याख्या गर्ने निर्देशकले बताएका छन् ।
फिल्मलाई म्यूजिकल लभ स्टोरी कथामा निर्माण भएको भनिएको छ । नायक प्रदिप खड्कालाई सांगीतिक क्षेत्रमा लागेको कलाकारको भूमिकामा देखाइएको छ ।
प्रकाशित मिति : २०७५ पुष ४ गते बुधवार