मंसिर १९। नेपाली फिल्म ‘पासवर्ड’मा बलिउडकि हट नायिका सन्नी लियोनिले नेपाली आइटम गितमा डान्स गरेकी छिन । सन्निले आइटम डान्स गरेको चलचित्र ‘पासवर्ड’का केही तस्बिरहरु सार्वजनिक भएका छन । फिल्ममा ‘सन्नी हो नाम मेरो’ बोलको गीतमा सन्नीले डान्स गरेकी छिन् भने कोरियोग्राफर बिष्णु देभाले भिडियोको निर्देशन गरेका छन् ।
उक्त गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । सन्नीले यो गीतका लागि २ करोड भारतीय रुपैयाँमा संझौता गरेको निर्माणपक्षले बताएको छ । सम्राट बस्नेतको निर्देशनमा तयार भएको यो चलचित्रमा सन्नीको माग अनुसार नै गीत तयार पारिएको हो ।
एक्सन र थ्रिलर कथामा चलचित्र बनेको छ । चलचित्रमा अनुप विक्रम शाही, विक्रम शाही, वुद्दि तामाङ, छुल्ठिम गुरुङ लगायतका कलाकारको अभिनय छ । सौरभ लामाले यो चलचित्र खिचेका हुन् ।
प्रकाशित मिति : २०७५ मङ्सिर १९ गते बुधवार