२०७८ बैशाख २५ गते शनिवार

‘ड्रिम गर्ल’को नयाँ रिलिज मिति मंसिर ७

अभिनेता आकाश श्रेष्ठ तथा डेब्यू अभिनेत्री आश्मा गिरी अभिनित ‘ड्रिम गर्ल’ले पूर्वनिर्धारित रिलिज मितिमा हेरफेर गर्दै नयाँ प्रदर्शन मिति सार्वजनिक गरेको छ।

फिल्म अब मंसिर ७ मा रिलिज हुनेछ। यसअघि असोज १९ मा रिलिज गर्ने घोषणा गरिएको छ ।

प्राविधिक कारण देखाउँदै उक्त फिल्मको रिलिज मंसिर ७ गतेलाई तय गरिएको निर्माणपक्षले जनाएको छ ।

ऋषिराज आचार्य फिल्मका निर्देशक हुन् ।

फिल्ममा विल्सन विक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी,रश्मी भट्ट, सुरवीर पण्डितलगायतले अभिनय गरेका छन् ।

राहुल राईले खिचेको फिल्ममा अर्जुन पोखरेलको संगीत र गम्भीर बिष्टको कोरियोग्राफी छ । फिल्म नवीन निरौलाले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति : २०७५ असोज १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *