भेट्रान अभिनेता सुनिल थापालाई अब टेलिफिल्ममा देख्न पाइने भएको छ।
उनी यही घटस्थापनादेखि नेपाल टेलिभिजनमा हरेक बुधबार आउने ‘डियर जीन्दगी’मा देखिन थालेका हुन्। कि इन्टरटेन्टमेन्टको प्रस्तुतिमा पिएनपी मिडियाको प्रोडक्सनमा निर्माण भएको मेघा टेलीसिरियल ‘डियर जिन्दगी’ को टाइटल गीत तथा ट्रेलर समेत सार्वजनिक गरिएको छ।
काठमाडौँमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै ट्रेलर तथा गीत सार्वजनिक गरिएको हो। जनक दीप पराजुलीको कथा र निर्देशनमा बनेको डियर जिन्दगीमा सुनिल थापा, पुस्करजंग थापा, श्रेया कार्की, सुष्मा कार्की, सुवाश पराजुली, अर्जुन गौतम, रामकृष्ण बिसी, डीबी बम्जन, एलिना खनाल, वसन्त पोखरेल, सुरेश काफ्ले लगाएतका कलाकारको अभिनय रहेको छ।
‘डियर जिन्दगी’ मा जनकदीप पराजुलीको गीत जुनु गौतम र विल्सन श्रेष्ठको गायन डिजे एलेक्सको संगीत रहेको छ। वसन्त पोखरेलको लेखन तथा मुख्य सहायक निर्देशन रहेको सिरियललाई जीवन पराजुलीले छायांकन तथा ध्रुवराज पराजुलीले सम्पादन गरेका छन् भने सुमन कोइराला सह सम्पादक रहेका छन्।
‘डियर जिन्दगी’ घटस्थापनाको दिनदेखि प्रत्येक बुधबार साँझ नेपाल टेलिभिजनबाट प्रशारण हुनेछ र त्यस दिनबाट नै पिएनपी मिडियाको अफिसियल युट्युब च्यानलमार्फत पनि सार्वजनिक हुनेछ।