२०७७ कार्तिक ९ गते आइतवार

दाङमा १५ जनाले मोटरसाईकल उपहार पाए


दाङ,चैत २५ । एसियन पेन्टको यात्रा ८ को प्वाइन्ट मार्फत दाङमा १५ जना पेन्टरले मोटरसाइकल उपहार पाएका छन् । तुलसीपुर क्षेत्रका ६ जनाले र घोराही क्षेत्रका ७ जनालाई एसियन पेन्टले विभिन्न कम्पनिका मोटरसाईकल उपहार स्वरुप प्रदान गरेको छ । त्यसमध्य तुलसीपुरस्थित आरवी ट्रेडर्स बाट पास बुक बनाएका ५ जनाले मोटरसाईकल उपहारमा प्राप्त गर्न सफल भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ रजौरा निवासी शेरबहादुर चौधरीले २२० पल्सर मोटरसाइकल, शान्तिनगर गाउँपालिका वडा नं. ६ कोरवाङ निवासी तुलसीराम चौधरीले १५० सिसीको पल्सर,तुलसीपुर ८ दुधेनाका सुरेन्द्र चौधरीले डिस्कभर १२५ सिसी,तुलसीपुर १६ लालपुर निवासी सन्देश चौधरीले प्लाटिना १०० सिसी र तुलसीपुर ६ कै गोविन्द चौधरीले पनि १०० सिसीको प्लाटिना मोटरसाईकल उपहार बाफत प्राप्त गर्न सफल भएको आरवी ट्रेडर्सका प्रोप्राईटर रोशन शाहले जानकारी दिए ।

शाहका अनुसार एसियन पेन्ट बाट दुधेना निवासी सुरेन्द्रले अघिल्लो वर्ष १५० सिसीको पल्सर र रजौरा निवासी शेरबहादुरले यसअघि दुईपटक पुरस्कार बाफत मोटरसाईलक प्राप्त गरेका थिए । यसैबीच एसियन पेन्टको यात्रा ८ अन्तरगत प्वाइन्ट मार्फत मोटरसाईकल उपहार प्राप्त गर्न सफल ५ जनालाई आरवी ट्रेडर्सका प्रोप्राईटर दाजु भाई रोशन शाह र विनोद शाहले अभिर लगाइ दिएर शुभकामना दिएका थिए ।

शाह दाजु भाईले पुरस्कार प्राप्त गरेकाहरुलाई आगामी दिनमा थप लगनसिल भएर कामगर्न उर्जा प्राप्त हुने विश्वास व्यक्त गरेका थिए ।

 

प्रकाशित मिति : २०७५ चैत्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *