२०८३ असार ११ गते बिहिवार

५ बर्ष कैद र साढे २ लाख जरिवाना तोकिएका प्रतिबादी पक्राउ

दाङ, असार ११ ।
सुर्खेत प्रहरीले पाँच बर्ष कैद र साढे दुई लाख जरिवाना तोएिका एक जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने ब्यक्ति जिल्लाको वीरेन्द्रनगर नगरपालिका – ११ का २८ बर्षीय कृष्ण रिजाल हुन । उनी वीरेन्द्रनगर – ८ बाट बुधबार पक्राउ परेका हुन ।
सुर्खेतका प्रहरी प्रबक्ता डिएसपी कबिन्द्रसिंह बोहराका अनुसार जिल्ला अदालत सुर्खेतले बलात्कार मुद्दामा रिजाललाई ५ बर्ष कैद र साढे २ लाख रुपैंया जरिवानको फैसला सुनाएको थियो । फरारको सूचिमा रहेका रिजाललाई पक्राउ पछि आवश्यक कारबाहीका लागि अदालतको आदेशले कारागार चलान छ ।

प्रकाशित मिति : २०८३ असार ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *