दाङ, असार ४ ।
सुर्खेतमा एक होटेलमा एका बिहानै अचेत अवस्थामा फेला परेका युबकको मृत्यु भएको छ ।
जिल्लाको भेरी गंगा नगरपालिका – १२ सल्लिचोकका ३९ बर्षीय लोकबहादुर डाँगी बिहीबार बिहान ‘ न्यू जाजरकोटी धर्मा शक्ति एण्ड लज होटल’ कोठा नं. ३ मा अचेत अवस्थामा फेला परेका थिए ।
होटेल संचालकले बिहान साढे ५ बजेतिर कोठा चेकजाँच गर्ने क्रममा डाँगी अचेत फेला परेका थिए । त्यसपछि उनलाई उपचारका लागि छिन्चुस्थित गणेश मेडिकलमामा पुर्याइएको थियो । तत्कालै थप उपचारको कर्णाली प्रदेश अस्पताल कालागाँउ पुर्याउँदा चिकित्सकले उनलाीई मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी कबिन्द्रसिंह बोहराका अनुसार डाँगी बिहान साढे ४ बजेतिर मात्रै साथीले बोलाएको हुँदा होटेलमा पुगेका थिए ।
उक्त होटेलमा बुधबार राति भेरी गंगा – १२ सल्लिचोकका ३० बर्षीय राकेश सुनार भाडामा बसेका थिए । यी नै सुनारले नै बिहीबार बिहान साढे ४ बजेतिर डाँगीलाई कोठामा बोलाएको प्रहरीले जनाएको छ ।
सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८३ असार ४ गते बिहिवार
