२०८३ जेष्ठ २९ गते शुक्रवार

नक्कली सरकारी कार्यालय खोलेर ठगी गरेको आरोपमा एक दम्पत्ति पक्राउ

दाङ, जेठ २९ । नक्कली सरकारी कार्यालय स्थापना गरि ठगी गरेको आरोपमा बर्दिया प्रहरीले एक दम्पत्तिलाई पक्राउ गरेको छ ।
जिल्लाको ठाकुरबाबा नगरपालिका – ०३ बगनाह बजारमा एक घर भाडामा लिएर ‘प्रगन्ना तथा बड्कापथ सिंचाइ विभाग’ नामक नक्कली कार्यालय खोलेर स्थानीयलाई ठगी गरेको आरोपमा एक दम्पति पक्राउ परेका हुन ।
ठगी गरेको भन्ने जाहेरीका आधारमा बर्दियाको ठाकुरबाबा नगरपालिका –३ का २४ वर्षीय घनश्याम न्यौपाने र उनकी श्रीमती दाङको लमही नगरपालिका –५ की २३ वर्षीया कृपा चौधरी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बर्दियाका प्रहरी प्रबक्ता डिएसपी रेशम बोहराले दाङमा रहेको ‘प्रगन्ना तथा बड्कापथ सिंचाइ विभाग’को नक्कली कार्यालय बर्दियामा खोलेर बिभिन्न ब्यक्तिलाई ठगी गरेको कुरा अनुसन्धान बाट खुलेको बताए ।
डिएसपी बोहराका अनुसार पक्राउ परेका दम्पत्ति मध्य श्रीमानले आँफुलाई चार्टर्ड एकाउन्टेन्ट (सिए) र श्रीमतिले आँफुलाई उक्त नक्कली सरकारी कार्यालयको अधिकृत अर्थात ७औं तहको कर्मचारी भएको भन्ने गतल कुरा गरि सर्वसाधारणलाई ठगी गरेको पाइएको छ ।
नक्कली कार्यालय खडा गरि कर्मचारी नियुक्त गरि काममा लगाइदिने प्रलोभन देखाई कामदारहरूलाई ज्याला नदिने, घरधनीलाई घरभाडा भुक्तानी नगर्ने तथा सरकारी कागजात र छाप नक्कली रूपमा प्रयोग गर्ने गरेको डिएसपी बोहराले बताए ।
पक्राउ परेका दम्पत्तिका बिरुद्ध जिल्ला अदालत बाट बिहीबार ७ दिनको म्याद थप भइ आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दम्पत्ति बिरुद्ध ‘ठगी तथा लिखत सम्बन्धी कसूर’ अन्तर्गत मुद्दा चलाउने गरि आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *