तुलसीपुर, जेठ २५ ।
दाङमा एक जना ब्यक्ति ब्राउन सुगरसहित पक्राउ परेका छन् । कपिलबस्तु शिवराज नगरपालिका – ५ पर्चियाका ४२ बर्षीय साकिर खान दाङको राप्ती गाउँपालिका – १ भालुबाङ बजार क्षेत्रबाट पक्राउ परेका हुन ।
खान ब्राउन सुगर बिक्री बितरण गर्न भालुबाङ तर्फ आइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भालुबाङबाट स्वीप अपरेशनमा खटिएका प्रहरी टोलीले उनलाई जेठ पक्राउ गरेको हो ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी डा. हेमबहादुर केसीका अनुसार साथबाट ६ ग्राम ७७० मिलिग्राम लागु औषध ब्राउन सुगर बरामद भएको थियो ।
खान माथि जिल्ला अदालत बाट म्याद थप भइ लागु औषध सम्बन्धि शिर्षकमा मुद्दा चलाउने गरि आवश्यक अनुसन्धान भइ रहेको डिएसपी केसीले बताए ।
साथै प्रहरीले जेठ २१ गतेदेखि २५ गतेको अवधिमा तीन वटा स्काभेटर, दुई टिप्पर, चार वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
जिल्लाका बिभिन्न क्षेत्रवाट ढुँगा, बालुवा, गिट्टी चोरी निकासी गरि रहेको समयमा ती साधन नियन्त्रणमा लिइएको जनाएको छ ।
प्रहरी प्रबक्ता केसीका अनुसार ती साधनलाई कारबाही गर्दा पाँच लाख १५ हजार राजश्व संकलन भएको छ ।
प्रकाशित मिति : २०८३ जेष्ठ २५ गते सोमवार
