२०८३ जेष्ठ २० गते बुधवार

खहरे खोलाले बगाउँदा दुई बालकको बगेर मृत्यु


दाङ, जेठ २० ।
रोल्पामा खहरे खोलामा आएको भेलले बगाउँदा दुई बालकको मृत्यु भएको छ ।
जिल्लाको गंगादेव गाउँपालिका – ६ रातामाटाका ७ बर्षीय गोपाल खड्का र ६ बर्षीय समिर केसीको खहरे खोलामा आएको भेलले बगाउँदा मृत्यु भएको हो । बिद्यालय बाट घर तर्फ फर्किने क्रममा खहरे खोलामा आएको भेलले बगाउँदा दुई बालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतकहरु गोपाल स्थानीय निमबहादुर खड्काको र समिर सर्बजित खत्रीको छोरा हुन ।
इलाका प्रहरी कार्यालय जिनावाङमा बुधबार बेलुकी साढे ५ बजेतिर स्थानीयले बिद्यालय वाट घर फर्किदै गरेका दुई बालकको खहरे खोलाको भेलले बगाउँदा मृत्यु भएको भनेर दिएको सूचना पछि प्रहरी घटनास्थल पुगेको थियो ।

प्रकाशित मिति : २०८३ जेष्ठ २० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *