दाङ, बैशाख २९ ।
बाजुरामा भीरबाट खसेको ढुँगाले लागेर एक जना महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्लाको बुढीगंगा नगरपालिका – ३ गुइगाडकी ३७ बर्षीया कल्पना देवी थापालाई बुढीगंगा – ६ फालासैना बजार बाट घर फर्किने क्रममा मंगलबार बेलुकी साढे ५ बजेतिर भीरबाट खसेको ढुँगाले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार पैदल हिडिरहेकी उनलाई भीरबाट खसेको ढुँगाले लागेपछि उनी सडक बाट ५० मिटर मुनी पगेकी थिइन ।
प्रकाशित मिति : २०८३ बैशाख २९ गते मङ्गलवार