दाङ, वैशाख २८ ।
बाजुरामा साथीहरु संग नुहाउन गएका एक किशोरको शब फेला परेको छ ।
जिल्लाको हिमाली गाउँपालिका – १ का १३ बर्षीय नबराज थापाको शब सोमबार दिउँसो फेला परेको हो ।
साथीहरु संगै मैतार्नास्थित कुवाडी खोलामा नुहाउन गएका उनी आइतबार दिउँसो बगेर बेपत्ता भएका थिए ।
जिल्लाका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार थापाको शब बगेको ठाउँ भन्दा झन्डै तीन सय मिटर दक्षिणमा फेला परेको हो ।
प्रकाशित मिति : २०८३ बैशाख २८ गते सोमवार