२०८३ बैशाख २५ गते शुक्रवार

ट्रयाक्टर दुर्घटनामा परि १७ बर्षीय चालकको मृत्यु , २ जना घाइते


दाङ, बैशाख २५ ।
सल्यानमा ट्रयाक्टर दुर्घटनामा परि १७ बर्षीय चालकको मृत्यु भएको छ । थप दुई जना घाइते भएका छन् ।
जिल्लाको दार्मा गाउँपालिका –२ का १७ वर्षीय चालक प्रदीप विकको मृत्यु भएको हो ।
दुर्घटना लगतै उद्धार गरि थम्के सल्ली स्वास्थ्य चौकी दार्मामा पुर्‍याउँदा स्वास्थ्यकर्मीले चेकजाँच पछि उनलाई मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक देवराज भट्टराइले दुर्घटनामा परि दार्मा – २ का २२ वर्षीय विशाल विक र १७ वर्षीय टेकबहादुर विक घाइते भएको जानकारी दिए ।
घाइते मध्य बिशालको अवस्था मध्यम रहेको र उपचारका लागि बाँके तर्फ पठाइएको छ भने टेकबहादुरको अवस्था सामान्ने रहेको तथा दार्मामै उपचार जारी रहेको प्रहरी निरीक्षक भट्टराइले बताए ।
दिउँसो साढे १ बजेतिर ट्रयाक्टर फारुलाचौरबाट भुसखोलातर्फ जाँदै गरेको रा १ त ४४९५ नम्बरको खाली ट्रयाक्टर जिल्लाको दार्मा गाउँपालिका –२ भुसखोला नजिकै सडकबाट करिब १५ मिटर तल खसेको थियो ।
दुर्घटना बारे अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *