२०८३ बैशाख २१ गते सोमवार

सल्यानमा हावा हुरीले विद्यालयदेखि अस्पतालका छाना उडायो


दाङ, बैशाख २१ ।
सल्यानमा हावा हुरीले एक दर्जन जति घर तथा भवनका छाना उडाइ दिएको छ ।
जिल्लाका बिभिन्न स्थानामा अस्पताल, बिद्यालयका साथै बिभिन्न ब्यक्तिहरुका गरि करिब एक दर्जन जति घर तथा भवनहरुका छानाहरु उडाएको जिल्लाका सूचना अधिकारी प्रहरी निरीक्षक देबराज भट्टराइले जानकारी दिएका छन् ।
हावा हुरीले शारदा नगरपालिका –२ स्थित जिल्ला अस्पताल खलंगाको इमर्जेन्सी वाडको डाक्टर बस्ने क्वाटरको ७ नम्बर कोठाको टिनले छाएको जस्तापाता उडाइ दिएको छ ।
त्यस्तै बनगाड कुपिण्डे नगरपालिका – ५ चिउरा स्थित श्री त्रिभुवन जनता माबिको भवनको १८ वटा जस्तापाता र बिद्यालयको बाली बिज्ञान समुहको प्रयोगशालाको टर्नेल र त्रिपाल उडाएको छ ।
बनगाड कुपिण्डे –५ चिउराका राजकुमार पुन र नन्दलाल रानाको जस्तापातले छाएको घरको छानापनि हावा हुरीले उडाएको प्रहरी निरीक्षक भट्टराइले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार शारदा – १ स्थित सुकेखोलामा गिता केसीको १ तले ३ कोठे टिनले छाएको कच्ची घरको छाना उडाउँदा क्षति पुगेको छ । शारदा – १४ मा बिष्णुकुमारी बुढाथोकीको २ तले ४ कोठे जस्तापाताले छाएको कच्ची घरको जस्तापाता उडाइ दिएको छ । शारदा – १३ सल्लेरीका छबिलाल रावतको घरको १८ वटा जस्तापात हावा हुरीले उडाइ दिदएको प्रहरीले जनाएको छ । शारदा नगरपालिका – १३ साँझखर्कका तारी रोकाको घरमा रुख ढलेर जस्तापाताले छाएको २ तले कच्ची घर र जस्तापाताले छाएको कच्ची टहरामा क्षती पुगेको छ ।
त्यस्तै बागचौर नगरपालिका –२ खरीबोटमा नन्दलाल वलीको घरको १२ वटा जस्तापाता हावाले उडाइ लगेको छ । सोही वडाको लस्टमका निमराज डाँगीको घरको १२ वटा जस्तापाता उडाएको छ ।
छत्रेश्वरी गाउँपालिका – ४ जयचौरस्थित कोर्बाङ झिम्पे स्वास्थ्य चौकीको भवनहरू मध्ये एक कोठे जस्ता पाता (टिन)ले छाएको प्रशासनिक भवनको छाना उडाई क्षती पुर्‍याएको छ । कालिमाटी गाउँपालिका – ५ अमारेदमरमन गणेश डांँगीको टिनले छाएको कच्ची एकतले घरको छाना उडाएको छ ।
आइतबार ५ बजेपछि चलेको तीब्र गतिको हावाहुरीले जिल्लाका बिभिन्न स्थानमा बिभिन्न ब्यक्ति र संघ संस्थाका घरका छानाहरु उडाएर क्षति पुर्‍याएको प्रहरी निरीक्षक भट्टराइले बताए ।

प्रकाशित मिति : २०८३ बैशाख २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *