दाङ, बैशाख २१ ।
बाजुरामा चट्याङले हानेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको बुढीनन्दा नगरपालिका दोगडा बाडाका ७३ बर्षीय नैन बुढाको चट्याङले हानेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार बेलुकी ५ बजेतिर जंगलमा बाख्रा चराइ घर फर्किने क्रममा चट्याङ परी भिर बाट ढुङ्गा खस्दा बुढाको टाउकोमा चोट लागेको थियो ।
घाइते अवस्थाका उनलाई स्थानीयले उद्धार गरी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८३ बैशाख २१ गते सोमवार