२०८३ जेष्ठ १६ गते शनिवार

२०८२ उथुलपुथुलको बर्ष


सम्पादकीय
नेपाली पात्रो अनुसार २०८३ शुभारम्भ भएको छ ।
फर्केर हेर्दा नेपालको इतिहासमा बिरलै आउने मध्यका घटनाक्रम २०८२ मा भए । एकै बर्षमा तीन वटा सरकार परिवर्तन भए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार भदौ २३ र २४ को जेन्जी आन्दोलन पछि धारासायी बन्यो ।
त्यो घटना पछि देश ‘डेडलक’ अवस्थामा पुगेको थियो । झन्डै दुई दिन देश हिंसा, हत्या र आगजनीको चक्रब्यूहुमा फस्यो । त्यो समय राज्य बिहिन अवस्था जस्तै बन्यो । भदौ २३ र २४ गते जेन्जी ‘विद्रोह’का क्रममा ७६ जना मारिए । ती मध्य ४५ जनालाई ‘जेनजी सुशासन योद्धा’ घोषणा गरिए । स्कूले बालबालिका यूनिफर्मसहित आन्दोलनमा होमिए । पहिलो दिनमै १९ जनाले ज्यान गुमाएका थिए । भदौ २४ गते नेपालको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारसहित संसद् भवन, सर्वौैच्च अदालत, शीलतनिवास लगाएतका इतिहासिक महत्वका संरचनामा आगो झोसियो । जेलहरु बाट हजारौं कैदी बन्दी भागे । प्रहरीका हजारौं हात हतियार लुटिए । प्रजातन्त्रका लागि जीवन भर जस्तो संघर्ष गरेका, ५ पटक प्रधानमन्त्री भएका बयोबृद्ध शेरबहादुर देउवा र उनकी पत्नि तत्कालिन बिदेश मन्त्री आरजु राणा माथि घरमै गम्भीर आक्रमण भयो ।
राजधानीमा मात्रै दाङसहित देशका अधिकाँस ठाउँमा नेताका निजी निबासका साथै होटेल र सरकारी कार्यालयहरु स्वाहा पारिए । त्यो ध्वँस बाट राज्यले ठूलो क्षति बेहोर्नु पर्‍यो । झन्डै ७६ अर्ब बराबरको क्षति भयो ।
कामना छ, फेरि काहाली लाग्दा ती दिनहरु कहिलै नआउन । देश नै डेडलकमा पुगेको समयमा नेपाली सेनाले पहल कदमी लियो । सर्बौच्च अदालतकी पूर्व न्यायाधीस सुशिला कार्की पहिलो पटक अन्तरिम सरकारको महिला प्रधानमन्त्री बनिन् ।
प्रतिनिधिसभा बिघटन गरियो । गरेको वाचा अनुसार उनले फागुन २१ मै प्रतिनिधिसभाको निर्वाचन सफल रुपमा सम्पन्न गराइन । सुशिला कार्कीले गरेको वाचा पुरा गरिन । शान्तिपूर्ण रुपमा निर्वाचन सम्मपन्न भयो । निर्वाचन पछि मुलुकले निर्वाचित जनप्रतिनिधि पायो । लोकतन्त्र ट्रयाकमा आयो । संविधान जोगियो । पुराना दलहरु पराजित भए । राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत प्राप्त गर्‍यो । देशले चैत १३ गते ३५ बर्षका युवा बालेन्द्र शाहलाई मुलुकको प्रधानमन्त्रीको रुपमा पायो । जो एउटा ठूलो उथुलपुथुल थियो ।
यतिखेर देश एउटा सहज र सशल रुपमा अगाडि बढेको छ । जनअपेक्षा धेरै छन् । त्यो चाहाना रातारात पुरा गर्न संभव छैन । तर, नयाँ सरकारले आशातित सुरुवात गरेको छ । भविश्यमा फेरि यस्तै बिद्रोह र बिध्वँस निम्तन नदिन सरकार थप जिम्मेवार बन्न आवश्यक छ । सुशासनको स्थापना र भ्रष्टचारको अन्त्य आवश्यक छ ।
युवालाई सोदेशमै सम्मानजनक अवशर सृजना गर्नु जरुरी छ । बिदेश नगइ हुँदैन भन्ने भास्य अन्त्य गर्नु छ । बिदेशका युवालाई स्वदेश फर्काउनु छ । युवामा भरोसा र विश्वास जागृत गर्दै उनीहरुको सीप र क्षमताको सही रुपमा सदुपयोग गर्नु छ । युवा बिहिन अवस्थामा पुगेका पहाड र गाउँ बस्तिमा त्यसले मात्रै फेरि खुसीहरु थप्न सक्छ ।

नयाँ बर्षले आपसी सदभाव, भाइचारा स्थापित गर्न सकोश । मुलुकमा ब्याप्त बेरोजगारीका समस्या समाधान हुन । नेपाल संबृद्धिको मार्गमा लम्किन सकोश । नयाँ बर्ष २०८३को हार्दिक मंगलमय शुभकामना ।

प्रकाशित मिति : २०८२ चैत्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *