तुलसीपुर, माघ ५ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल फेरि पनि दाङको क्षेत्र नं. २ बाटै प्रतिनिधिसभाको सदस्य पदमा निर्वाचन लड्ने भएका छन् ।
पार्टी केन्द्रीय सचिवालयको बैठकले महासचिव पोखरलाई टिकट प्रदान गरि सकेको छ ।
एमाले महासचिव पोखरेल २०७९ सालको निर्वाचनमा पनि यही निर्वाचन क्षेत्रमा प्रतिपष्र्धा गरेका थिए ।
नेपाली कांग्रेस – नेकपा (माओवादी केन्द्र) को गठबन्धनकी उम्मेदवार तथा तत्कालिन माओबादी नेतृ रेखा शर्माले पोखरेललाई झिनो मतान्तर अर्थात १९६ मतान्तरले पराजित गरेकी थिइन ।
पूर्व मन्त्री शर्माले २६ हजार ८ सय ७७ मत पाउँदा एमाले महासचिव पोखरेल २६ हजार ६ सय ८१ मत प्राप्त गरेका थिए ।
प्रकाशित मिति : २०८२ माघ ५ गते सोमवार