काठमान्डौं, असार २९ । बाट देशका विभिन्न स्थानमा बाढी र पहिरो बाट मृत्यु हुनेको संख्या ६० पुगेको छ।
प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार ३६ पुरुष र २४ महिलाको बाढी र पहिरोमा परेर मृत्यु भएको छ । अझैं थप २६ जना बेपत्ता रहेको पनि प्रहरीले उपलब्ध गराएको तथ्याङ्मा उल्लेख छ ।
गत विहीवारदेखि परेको अविरल बर्षाका कारण आएको बाढी र पहिरोमा परेर थप ३८ जना घाइते भएका छन् । घाइते हुनेमा १७ महिला र २१ पुरुष छन्। यो खवर तयार पार्दा सम्म १ हजार ४ सय ४४ जनाको उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७६ असार २९ गते आइतवार
