सम्पादकीय
तुलसीपुर, भदौ १ । तुलसीपुर उपमहानगरपालिका – ६ रजौरामा सुन्दर ‘कमल पोखरी’ निर्माण गरिएको बर्ष दिन बढी भइ सक्यो । झन्डै ५ बर्ष लगाएर निर्माण पुरा गरिएको तालमा बिभिन्न निकाएको सवा दूई करोड बढी खर्च भएको थियो ।
लुम्बिनी प्रदेश सरकार, तुलसीपुर उपमहानगर र सबै धेरै रकम अहेरिकी साहेता परियोजना तयार नेपालले गरेको थियो ।
अग्रज स्थानीय जानकारहरुका अनुसार दशकौं पहिले पनि बस्तु चौपायाका लागि सुख्खा दिनहरुमा पानीको प्यास यही कमल पोखरीले मेट्थ्यो । कमल पोखरी र गौरी ताल बाहेक उतिखेर सुख्खा दिनहरुमा ठूला जलायस यस क्षेत्रमा थिएनन् ।
सोही कमल पोखरीलाई आकर्षक गनतब्य स्थल अर्थात पर्यटकीय स्थलको रुपमा बिकास गर्ने उदेश्यसहित यसमा करोडौंको लगानी भएको हो । त्यतिधेरै लगानी खन्याएपछि पोखरी निकै आकर्षक र चिटिक्क परेको छ । वरिपरी अग्लो पर्खाल छ । गेटपनि छ । तर, थाहाँ छ, पछिल्लो समय तपाँई त्यहाँ पुग्नु भयो भने उदेग मान्नु हुने छ ।
कारण, मुख्य प्रबेश गेटकै एउटा पल्ला जेठ ताका कसैले भाँचिदिएको थियो । केही दिन त्यही जमिनमा लडेको मुख्य प्रबेश द्धारको त्यो गेटको पल्ला पछि फेरि ताललाई नै चाहिएला भनेर नजिकैका मानिसले घरमा लगेर राखेका छन् ।
कमल पोखरीको भित्री निर्माण कार्य सम्पन्न हुँदै गर्दा गेट निर्माणका लागि तुलसीपुर उपमहानगरले लगानी गरेको थियो । तर, बर्षदिन नपुग्दै त्यो गेट आँफै लड्ला, लड्ला जस्तो अवस्था पुगेको छ ।
यदि तपाँई त्यो गेटदेखि भित्र प्रबेश गर्नु भयो भने तालको वरिपरी सुरक्षार्थ राखिएको रेलिङ मध्य चार वटाको पुरै रेट रेलिङ गायव पारिएको छ । भत्काएर लगिएको छ ।
बिषेश गरि यहाँ रातिमा पुग्ने अराजक युवाले त्यो भत्काएर लैजाने गरेको स्थानीयहरु बताउँछन् । रातिमा आउने तिनै किशोर किशोरीले मनपरी ताल भित्र फोहर गर्ने गरेका छन् ।
आँफु लगेका खाने कुरा खाइ सकेपछि पोलेथिन, बोत्तल, चप्पल जुत्ता जस्ता फोहरपनि पोखरीमा फालेर सुन्दर पोखरी कुरुप पारेका छन् ।
यतिखेर पोखरीमा भरि पानी भरिभराउ छ । गएको बैशाख जेठमा पनि पोखरीको पानी सुकेन । त्यसैले त्यो गर्मी याममा साँझ बिहान सर्वसाधारण मानिसहरु मनको शान्ति र सितलताको लागि यहाँ पुग्ने गर्छन ।
पछिल्लो कमल पोखरी धेरैका लागि मन बहलाउने ठाउँ भएको छ । महिला, बालबालिका र जेष्ट नागरिक साँझ बिहान शान्त पोखरीमा मनका भावनाहरु साट्न पुगेका हुन्छन् । पोखरीको वरिपरी बिभिन्न बोट विरुवा र फूलका बोटहरु लगाइको हुँदा पनि कमल पोखरी क्षेत्रले धेरैका मन र मस्तिष्क तान्ने गर्छ । तर, यति निर्दौश र सुन्दर पोखरीमा मनपरी भइ रहेको तोडफोड तथा पोखरीमा मनपरी फोहर फाल्ने क्रम रोकिएको छैन ।
बजेट बक्तब्य आउनु पूर्व नै पोखरीको गेटको एउटा पत्ता रातिमा कसैले भाँचेर भूइमा लडाइ दिएको थियो । तै पनि तुलसीपुरले यो पोखरीका मर्मत आवश्यक छ र यसको संरक्षण आवश्यक छ भन्ने महसुशसम्म गर्न सकेन ।
तुलसीपुर बजारदेखि सबैभन्दा नजिकमा यति सुन्दर र यति धेरै लगानी भएको कुनैपनि जलासय उपलब्ध छैनन् । तयार नेपाले अगजनी लगाएत बिपतका समयमा यहाँको पानी प्रयोग हुन सकोस भन्ने उदेश्यले पोखरीको आधुनिकरण सुरु गरेको थियो ।
यो पोखरी भित्र बीचमा क्रंकिट कमलको आकृति निर्माण गरिएको छ । बिगतमा यहाँ प्रसस्तै कमलका फूलहरु फूल्ने भएको हूँदा प्रतिकात्मक रुपमा बीचमा कमलको आकृति निर्माण गरिएको हो । कतिपय स्थानीय आजपनि पोखरीमा कमलका बिऊहरु छर्नु पर्ने , बोट लगाएर पहिले जस्तै प्राकृतिक रुपमै फूल फूल्ने कमल पोखरी बनाउनु आवश्यक रहेको बताउँदै आएका छन् ।
कतिपय स्थानीय भने कमल पोखरीमा माछाका भूराहरु राखेर माछा पाल्न सके लाभ लिन सकिने बताउने गर्छन । त्यस्तै कतिपय समाजका मानिसहरु कमल पोखरीमा रबर बोटहरु चलान सके यसको महत्व झनै बढ्ने बताउँछन् ।
स्थानीय जनप्रनिधि, सरोकार वाला र समाजले अनेक खाले संभावनाहरु ब्यक्त गरि रहँदा उनीहरु करोडौं लगानी गरिएको चिटिक्क परेको कमल पोखरी संरक्षणमा भने कुनै चासो देखाइ रहेका छैनन् । अराज ब्यक्ति हरु (बिषेश गरि युवा र किशोर) रातिमा तालमा प्रबेश गर्ने , गाँजा लगाएत आगुऔषध प्रयोग गर्ने तथा होहल्ला गर्ने गरेको स्थानीयहरु बताउँछन् ।
उनीहरुका क्रियाकलापले असुरक्षा महसुश भएको तथा समाज त्रसित बन्ने गरेको स्थानीय एक महिलाले बताइन । तर, त्यसको बिरोध कतैबाट भएको छैन । ब्यक्ति बिषेशले एक्लै गर्दा गाह्रो हुने काम समाज मिलेर सहजै गर्न संभव छ । पोखरी भित्रका रेलिङ उखेलर लैजाँदा, भित्र मनपरी फोहरहरु फाल्दा पनि समाज मौन छ ।
हरेक नागरिक बर्दी बिनाका प्रहरी हुन । सामाजिक सम्पत्ति संरक्षण गर्नू सबैको साझा दायित्व हो । यसमा समाज सबैले हातेमालो गर्न जरुरी छ । बास्तमा कमल पोखरीले कसैको केही हानी नोक्सानी गरेको छैन । कसैको केही बिगारेको छैन । बरु यस्ले सबैको तनाब दुर गर्न सहयोगी भूमिका खेल्दै आएको छ ।
यथार्थमा करोडौं खर्च गरि निर्मित कमल पोखरी सबै नगरबासीको साझा सम्पत्ति हो । स्थान्ीय र जनप्रतिनिधि सबै पोखरीको संरक्षणका लागि थप जिम्मेवार भइ लाग्नु पर्छ । पोखरी भित्र हुने गरेका र हुँदै आएका गलत कुराहरु तत्काल रोक्न जरुरी छ ।