दाङ, असार २४ । दाङको तुलसीपुरमा कुलोमा डुवेर एक शिशुको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ सितानगर टोल निवासी राजेन्द्र विकको साढे २ बर्षीय छोरा प्रभास विकको कुलोमा डुवेर मृत्यु भएको छ। घर अगाडिको कुलोमा खसेर डुवेका बालक प्रभास झन्डै ५ सय मिटर दक्षिण डिल्लीबजार नजिक कुलोमा डुवेको अवस्थामा फेला परेका थिए ।
मंगलवार दिउँसो २ बजेतिर कुलोमा बगेका बालकलाई उद्धार गरिए लगतै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्याइएको भएपनि ३ बजेतिर चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७६ असार २४ गते मङ्गलवार
