२०८३ असार ७ गते आइतवार

मोटरसाईकलको ट्याङकिमा आगो लाग्दा दाङका दुई युवाको मृत्यु


बुटवल, असार ८ । यात्रुबहाक बससंग मोटरसाईकल ठोक्किर दाङका दुईजना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको लमहीनगरपालिका वडा नं. ३ निवासी काशी चौधरी र मानवबहादुर चौधरी रहेको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । मोटरसाईकल बस संग ठोक्किए लगतै मोटरसाईकलको ट्याँङ्किमा आगो लागेर उनीहरुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

महेन्द्रनगरबाट काठमाडौं जांदै गरेको ना ७ ख ५९४८ नम्बरको बस र लमहीवाट बुटवल तर्फ जाँदै गरेको लु ८ प ८४७५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको प्रहरीले बताएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शनिवार राति रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ६ रामापुर कलौनीमा त्यो दुर्घटना भएको प्रहरीले बताएको छ ।

मृतकको उमेर अन्दाजी २५देखि ३० बर्ष सम्म रहेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । बस र चालकलाई इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीले नियन्त्रणमा लिएको छ । मृतकको शरिर जलेको हुँदा शवको पहिचान गर्न समय लागेको प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : २०७६ असार ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *