२०८३ असोज २४ गते शनिवार

सुरु भयो तिहार, आज काग तिहार

तुलसीपुर, कात्तिक १४ । काग तिहार आज कागलाई मिठो खाने कुरा दिइ पूजा गरी मनाइँदै छ । काग सन्देश बहाक पंक्षिको रुपमा लिने गरिन्छ ।
कात्तिक कृष्ण त्रयोदशीका दिनमा काग तिहार मनाउने गरिन्छ । कागलाई यमराजको दूतका रुपमा पुजिने गरिन्छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउँथे भन्ने सास्त्रमा उल्लेख छ ।

आजपनि काग घर वरपर आइ कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । त्यसैले आजको दिन काग घरमा आई कराएमा शुभ हुन्छ भन्ने विश्वास रही आएको छ ।


आजदेखि तिहार बिधिबत रुपमा सुरु भएको मान्ने गरिन्छ । त्यही भएर सरकरी कार्यालयहरु पनि तिहारका लागि भनेर आजसम्म मात्रै सञ्चालन हुने गर्छन ।

प्रकाशित मिति : २०८१ कार्तिक १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *