दाङ, कात्तिक १३ । रोल्पामा एक जना ६ बर्षे बालकको बगेर मृत्यु भएको छ ।
जिल्लाको माडी गाउँपालिका – ६ अमराइबोटका ६ बर्षीय निशान्त बिकको माडी खोलामा बगेर मृत्यु भएको छ ।
उनी नरेश बिकको छोरा हुन । दिउँसो १२ बजेतिर स्थानीय एक अर्का ५ बर्षे बालकसंग खोला किनारमा खेल्ने क्रममा बिक लाप्चुङ भर्लेबाङस्थित माडी खोलामा खसेर बगी बेपत्ता भएका थिए ।
खोजी गर्ने क्रममा बेलुकी पख बालकको शब माडी पुल नजिकै फेला परेको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिएका छन् ।
शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघमा पठाइएको छ ।
प्रकाशित मिति : २०८१ कार्तिक १४ गते बुधवार
