२०८३ असोज २५ गते आइतवार

लुम्बिनी सरकारका तीन मन्त्रीले लिए सफथ


दाङ, कात्तिक ८ । लुम्बिनी प्रदेश सरकारमा तीन जना मन्त्रीले बिहीबार बिहान सफथ लिएका छन् ।

नेपाली कांग्रेसका दुई र जनता समाजवादी पार्टीका एक गरि तीन जना मन्त्रीले सफथ प्रदेश प्रमुअ कृष्णबहादुर घर्तीबाट सफथ लिएका हुन ।

नेपाली कांग्रेसबाट बर्दियाबाट प्रतिनिधित्व गर्ने जन्मजय तिमिल्सिना सामाजिक विकास मन्त्री र नवलपरासीबाट प्रतिनिधित्व गर्ने देवकरण कलवारले वन तथा वातावरण मन्त्रीको सफथ लिएका हुन ।

त्यस्तै बाँकेबाट प्रतिनिधित्व गर्ने जनता समाजवादीका आदेशकुमार अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रीको सफथ लिएका छन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले तीन जना प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको सपथ खुवाएका हुन ।
लुम्बिनी सरकारमा तीन मन्त्री थपिए संगै अब लुम्बिनी प्रदेश सरकारको संख्या ११ पुगेको छ ।

अभैmं एक मन्त्रालय मुख्यमन्त्री आचार्यले आँफु संगै राखेका छन् । त्यो मन्त्रालय नागरिक उन्मुक्ति पार्टी वा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) कस्ले पाउने भन्ने टुँगा नलागेको हुँदा केही दिनमै अर्का एक मन्त्री थपिन सक्ने स्रोतले बताएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *