२०८३ मङ्सिर ११ गते बिहिवार

मुद्दा नपरेपछि छुटे पूर्ववडाध्यक्षसहित सातै जना

दाङ, कात्तिक ५ । दाङका दुई युवासहित प्यूठानका एकजना पूर्व वडाध्यक्ष, प्रहरी लगाएत पाँच जना प्रहरी हिरासतवाट छुटेका छन् ।

म्यानपावर ब्यबसायीहरु दाङको बबई गाउँपालिका – ६ का ३७ बर्षीय मोहन बुढाथोकी र तुलसीपुर उपमहानगरपालिका – १८ बिजौरी क्षेत्रका माधव पोख्रेललाई एक समुहले बन्धक बनाइ प्यूठान लगेको आरोपमा प्रहरी पाँच जनालाई पक्राउ गरेको थियो ।

शनिबार दाङको लमही नगरपालिका – ९ स्थित ‘क्राउन होटेल, वाट बन्धक बनाइ प्यूठान पु¥याएका भनिएका दाङ दुई जनाको तर्फवाट प्रहरीमा कुनै मुद्दा नपरेपछि आवश्यक परेको समयमा उपस्थित हुने सर्तमा प्रहरीले सातै जनालाई सोमबार रिहा गरेको हो ।

प्रहरीले प्यूठान नगरपालिका – ८ का पूर्व वडाध्यक्ष तथा नमस्ने यातायात प्रालिका अध्यक्ष लिलासिंह केसी, प्रालिका सचिव दिलबहादुर दसौंदी, जिल्ला प्रहरी कार्यालय बाँकेको अपराध शाखामा कार्यरत प्रहरी सञ्तोष दसौंदीसहित प्रितम गिरी र शरद गिरीलाई उक्त आरोपमा पक्राउ गरि प्रहरीले प्यूठानवाट आइतनबार बिहान ३ बजे दाङ ल्याएको थियो ।

उजुरी बिना २४ घन्टा बढी थुनामा राख्न नपाउने हुँदा प्रहरी छोड्न बाध्य हुनु परेको दाङका प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले कसैको पनि उजुरी नपरेपछि उनीहरुलाई छोड्नु परेको जानकारी दिए ।

लेनदेनको कुरा आपसमा बाहिर मिलाउने भन्दै उनीहरुले एकले अर्कौलाई मुद्दा मामिला नगर्ने प्रहरीलाई बताएका थिए ।

अपहरित भनिएका दुई ब्यक्तिहरु म्यानपावर ब्यबसायी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *