२०८३ मङ्सिर ११ गते बिहिवार

भालुवाङमा ८ बर्षीया बालिका बलात्कृत

तुलसीपुर, कात्तिक १ । दाङ देउखुरीको भालुवाङमा एक ८ बर्षीया बालिका बलात्कृत भएकी छन् । बुधबार पीडित नाबालिकाका आफन्तले प्रहरीमा त्यससम्बन्धि उजुरी दर्ता गराएका छन् ।


असोज २४ गते बेलुकी राप्ती गाउँपालिका – १ भालुवाङस्थित सशस्त्र प्रहरीको क्याप्प नजिकैको लिंगे पिङ खेल्न भनेर गएकी ती नाबालिक माथि अपरिचित ब्यक्तिले बलात्कार गरेको भन्दै पीडितका हजुर बुवाले प्रहरीमा घटना अनुसन्धान गरि पीडितको पहिचान गरि कानुनी कारबाहीका लागि माग गर्दै निबेदन दिएका हुन ।


जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले बुधबार मात्रै जिल्ला प्रहरी कार्यालयमा नाबालिकाका हजुर बुवा आएर निवेदन दिएको जानकारी दिए ।

बलात्कृत नाबालिकाको स्वास्थ्य चेकजाँचको मेडिकल रिपोर्टपनि अझैं आइ नपुगेको तथा एक दुई दिनमा रिपोर्ट आउने अपेक्षा गरिएको एसपी तिमिल्सिनाले बताए ।


लिखित रुपमा निबेदन बुधबार मात्रै परेपनि अपरिचित ब्यक्तिवाट नाबालिका बलात्कृत भएको भन्ने सूचना पाउना साथ प्रहरी अनुसन्धानमा खटिएको र छिटै अभियुक्त पहिचान गरि पक्राउ गरिने एसपी तिमिल्सिनाले बताए ।
प्रहरी प्राबिधिक रुपमा घटना अनुसन्धानमा लागि रहेको उनले जानकारी दिए ।

पीडित बालिकाले बेलुका फर्केपछि आफ्नी आमालाई घटना बारे बताएपछि नजिकैको प्रहरीलाई खबर गरेकी थिइन ।
नाबालिकाको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य उपचार र परीक्षण भएको थियो । त्यो परीक्षण रिपोर्ट प्राप्त भइ नसकेको एसपी तिमिल्सिनाले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ कार्तिक १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *