२०८३ मङ्सिर ११ गते बिहिवार

भारतीय उद्योगपति रतन टाटाको निधन


काठमाडौं,असोज २४ । भारतका औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन भएको छ ।

८६ वर्षको उमेरमा गएराति मुम्बईस्थित ब्रिच क्यान्ड अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनलाई गत सोमबार अस्पताल भर्ना गरिएको थियो ।

रतन टाटाको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहले दुख प्रकट गरेका छन् ।

आफ्नो सादगी र सरल स्वभावका लागि परिचित रतनले उदारीकरणको युगपछि टाटा समूहलाई आजको उचाइमा ल्याउन ठूलो योगदान रहेको छ ।

रतन टाटा सन् १९६१–६२ मा टाटा समूहमा आबद्ध भएका थिए । यसपछि उनले हार्वर्ड बिजनेस स्कूलबाट एडभान्स म्यानेजमेन्ट प्रोग्रामबाट व्यवस्थापन पढेका थिए ।

प्रकाशित मिति : २०८१ असोज २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *